गोठाटार गोलीकाण्डका घाइते दर्जीको उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु – Janadesh Daily | ePaper

गोठाटार गोलीकाण्डका घाइते दर्जीको उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु


काठमाडौं । काठमाडौंको गोठाटारमा गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते मोहम्मद दर्जीको उपचारकै क्रममा मृत्यु भएको हो।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५५ वर्षीय उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको छ। रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।

व्यवसायी लाल महम्मदमाथि चार राउण्ड गोली प्रहार भएको थियो। प्रहरीका अनुसार महम्मदको टाउकोमा दुईवटा गोली लागेको थियो। त्यस्तै कम्मर र कोखामा एक–एक गोली लागेको बताइएको छ। घटनास्थलमा फालिएको अवस्थामा पेस्तोल पनि फेला परेको प्रहरीले जनाएकाे छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्