प्राध्यापकले जलाए क्याम्पसमा कुर्सी टेबल – Janadesh Daily | ePaper

प्राध्यापकले जलाए क्याम्पसमा कुर्सी टेबल


चन्द्रप्रकाश नेपाली,

घोराही ।आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी टेबल जलाएका छन् ।दुइवटा टेवल, एउटा कुर्सी, विद्युतीय हाजीर मेशिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् ।

उनिहरुले क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् । उनीहरुले पार्ट टाईमको अन्त्य गर, मासिक ज्याला कायम गर भन्दै नारा लगाएका थिए भने समान कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए ।

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आनदोलन गरिहेका छन् । माग सुनुवाइ नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिनुभयो ।

दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् । माग पूरा नभए भोलिदेखि क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघले चेतावनी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्