जनादेश, काठमाण्डौं । मध्यबानेश्वर, काठमाडौंमा रहेको ग्लोबल कलेज इंटरनेशनल ‘इमर्जिङ बिजनेस स्कुल अफ दि इयर-२०२२’बाट पुरस्कृत भएको छ । उक्त पुरस्कार एक भब्य समारोहका बीच संयुक्त अरब अमिरात (UAE)को दुबईमा प्रदान गरिएको हो ।
ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) अन्तराष्टिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एक सफल र सक्षम शैक्षिक संस्था हो । यो कलेज शिक्षा क्षेत्रमा लागेका शिक्षाविद्, अनुसन्धानकर्ता, उद्यमी र फरक फरक विषयका विषयविज्ञ समिलित समुहबाट संचलन र व्यवस्थापन रहेको कलेजका निर्देशक रामप्रशाद न्यौपानेले जनादेशलाई बताउँनु भयो ।
उहाँले भन्नु भयो, ‘यस कलेजले अन्तर्राष्ट्रिय र नेपालका विश्वविद्यालयहरूको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, जुन विशेष गरी व्यवस्थापन विषयसंग बढी केन्द्रित छन। यस कलेजले बिबिए, ब्याचलर ऑफ होटल मैनेजमेंट (बीएचएम), ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), एमबिए र ए लेवल कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।’
कलेजको शैक्षिक गुणस्तर राम्रो हुनु, शैक्षिक वातावरण प्रविधिमैत्री हुनु र कलेजबाट उत्पादीत शैक्षिक जनशक्ति देशविदेशमा खपत भएको हुनाले यो कलेज अभिभावक र विद्याथीको रोजाईमा परेको कुरा कलेजका निर्देशक न्यौपानेले बताउँनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त रुपमा अवार्ड वितरण तथा सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो । अंग्रेजी माध्यमबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त पुरस्कार प्रदान गरेकोे हो ।
नेपाल शिक्षा पुरस्कार -२०२२ वितरण कार्यक्रमका सहभागीहरु