सिद्धार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल भोजराज दाहालले पाए ‘लाइफटाइम एचिभमेन्ट अवार्ड-२०२२’ – Janadesh Daily | ePaper

सिद्धार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल भोजराज दाहालले पाए ‘लाइफटाइम एचिभमेन्ट अवार्ड-२०२२’


जनादेश, काठमाण्डौं ।
नवल परासी जिल्लाको कावासोतीमा संचालीत सिद्धार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल भोजराज दाहाल ‘लाइफटाइम एचिभमेन्ट अवार्ड-२०२२’बाट सम्मानित भएका छन् । उक्त पुरस्कार प्रिन्सिपल दाहाललाई एक भब्य कार्यक्रमका बीच संयुक्त अरब अमिरात (UAE)को दुबईमा प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त रुपमा अवार्ड वितरण तथा सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो । अंग्रेजी माध्यमबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त पुरस्कार प्रदान गरेकोे हो ।

संस्थापक प्रिन्सिपल भोजराज दाहालको नेतृत्व देशकै मध्य भागमा २०४६ मा स्थापित सिद्धार्थ बोर्डिङ स्कुल नबलपरासी जिल्लमै अब्बल मानिन्छ ।संस्थापक प्रिन्सिपल भोजराज दाहालको नेतृत्वमा देशकै मध्य भागमा २०४६ मा स्थापित सिद्धार्थ बोर्डिङ स्कुल नबलपरासी जिल्लमै शिक्षा क्षेत्रमा अब्बल मानिन्छ । यस स्कुलले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्नुका साथै आफ्नो नगर भित्र रहेका सबै सामुदायिक बिधालयसरू र सार्वजनिक क्याम्पसहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको कुरा संस्थापक प्रिन्सिपल भोजराज दाहालले जनादेशलाई बताएका छन ।

साथै आधार भूत तहका बिधालयहरूमा रू एक लाख र मा बि र क्याम्पस हरूमा रु एक लाख पचास हजारका दरले करिब साठी लाख बराबरको अक्षयकोष स्थापना गर्न सफल भएको छ ।

नेपाल शिक्षा पुरस्कार -२०२२ वितरण कार्यक्रमका सहभागीहरु

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्