‘राइजिङ बिजनेस स्कुल अफ दि इयर-२०२२’बाट वीरगञ्ज पब्लिक कलेज पुरस्कृत – Janadesh Daily | ePaper

‘राइजिङ बिजनेस स्कुल अफ दि इयर-२०२२’बाट वीरगञ्ज पब्लिक कलेज पुरस्कृत


जनादेश, काठमाण्डौं ।  वीरगञ्जको पानीट्याङ्कीमा अवस्थित वीरगञ्ज पब्लिक कलेज ‘राइजिङ बिजनेस स्कुल अफ दि इयर-२०२२’बाट पुरस्कृत भएको छ । उक्त पुरस्कार एक भब्य समारोहका बीच कलेजलाई संयुक्त अरब अमिरात (UAE)को दुबईमा हालै प्रदान गरिएको हो ।

यो कलेज सुरुमा व्यवस्थापन संकायको +२बाट सुरु भएको थियो। अहिले सचेत अभिभावक उत्साही विद्यार्थी र बुद्धिजीवीको निरन्तर मागपछि बीबीए, बिआईएम, बिबिएस, एमबीए र एमबिएस सञ्चालन गर्दै आएको छ । समाज र राष्ट्रको आवश्यकता र अपेक्षालाई पूरा गर्न सुदृढ प्राज्ञिक जनशक्ति उत्पादन गर्न कलेज प्रतिबद्ध रहेको कुरा कलेजका पूर्व अध्यक्ष एवं मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले जनादेशलाई बताएका छन ।

साथै उनले भने, ‘वीरगञ्ज पब्लिक कलेजले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर बिआइम, बिबिएस र एमबिएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर यसले बीबीए, बीबीएस, एमबीएस एमबीए कार्यक्रम सञ्चालन संचालनमा रहेका छन ।’

यो कलेज बिरगंजमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट शैक्षिक केन्द्र बनेको छ । सहयोगी कर्मचारी, लगनशील विद्यार्थी र जागरुक अभिभावकको प्रयासमा अन्तराष्टिय स्तरको शिक्षा प्रदान गर्न सक्षम रहेको छ । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) ले यस औद्योगिक शहर, वीरगञ्ज र राष्ट्रलाई आवश्यक पर्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष प्रा.डा. शाक्यले बताए।

कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त रुपमा अवार्ड वितरण तथा सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो । अंग्रेजी माध्यमबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त पुरस्कार प्रदान गरेकोे हो ।

नेपाल शिक्षा पुरस्कार -२०२२ वितरण कार्यक्रमका सहभागीहरु

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्