जनादेश, काठमाण्डौं । भीमदत्त–३, कञ्चनपुरमा संचालित ब्रिक्सटन कलेजकी प्रिन्सिपल निशा भट्ट ‘महिला शैक्षिक नेतृत्व पुरस्कार-२०२२’बाट सम्मानित हुनु भएको छ । उक्त पुरस्कार प्रिन्सिपल भट्टलाई एक भब्य समारोहका बीच संयुक्त अरब अमिरात (UAE)को दुबईमा प्रदान गरिएको हो ।
साथै ब्रिक्सटन कलेज ‘बेस्ट बिजनेस स्कूल ऑफ द ईयर-२०२२’ प्राप्त गर्न सफल भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिक्सटन कलेजमा बिबिए कार्यक्रम संचालनमा छ । यो कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजको रुपमा सुदुरपश्चिम प्रदेशमा स्थापित नाम हो । हामी विश्वास गर्दछौं कि नवीनता प्रतिज्ञाहरूको एक अन्तहीन क्षेत्र हो जुन हामी शैक्षिक, औद्योगिक र व्यावसायिक परिदृश्यमा कुनै पनि समस्याको समाधानलाई आकार दिन सक्छौं। दैनिक जीवनमा आइपर्ने जटिल चुनौतीहरूको सामना गर्न, व्यापारिक अभ्यासलाई अगाडि बढाउन र आर्थिक वृद्धिलाई जनस्तरमा पुऱ्याउन प्रयास गरिरहेको कुरा प्रिन्सिपल निशा भट्टले जनादेशलाई बताउँनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त रुपमा अवार्ड वितरण तथा सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो । अंग्रेजी माध्यमबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त पुरस्कार प्रदान गरेकोे हो ।
नेपाल शिक्षा पुरस्कार -२०२२ वितरण कार्यक्रमका सहभागीहरु