गायक तथा संगीतकार मनिष रञ्जन बरालको “गणेश वन्दना” सार्वजनिक – Janadesh Daily | ePaper

गायक तथा संगीतकार मनिष रञ्जन बरालको “गणेश वन्दना” सार्वजनिक


जनादेश, काठमाण्डौं ।  गायक तथा संगीतकार मनिष रञ्जन बरालको “गणेश वन्दना” सार्वजनिक भएको छ। कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उनले “गणेश वन्दना” सार्वजनिक गरेका हुन्।  भजनका शब्द रचनाकार पं.शंकरान नंविशन हुन् भने लय प्रशान्त शंकरले भरेकाछन् यि दुवै दक्षिण भारतका चर्चित संगीतकार पनि हुन्। गायक बराल उनिहरुको संगीतमा आफुले केवल गाउने प्रयास गरेको र चर्चित श्रष्ठाहरुको संगीतमा आफुले गाउने मौका पाउनु यस्लाई ठूलो अवसरको रुपमा लिएको बताउछन्।
यस भजन दक्षिण भारतकै बाल गायिका “सूर्य गायत्रीको स्वरमा २ बर्ष अगावै रेकर्ड भईसकेको थियो तथापि भजनमा बरालको स्वर दिने पक्का पक्कि भएपछी राजन कार्कीले  यस्लाई नयाँ संस्करणमा  एरेन्ज गरेकाहुन् । संगीतकार प्रशान्त संकरले संगीत भरेको यस सिर्जनामा रत्न विकले बासुरी बजाएकाहुन्।
त्यस्तै ढोलकमा शिवराज जोशी र तबलामा कृष्ण प्रसाद सापकोटाले साथ दिएकाछन् भने ध्वनि मिश्रण गोविन्द डिजीले गरेकाहुन्। धुनकला केन्द्रमा रेकर्ड गरिएको भजनको भिडियोमा पनौतिको गोरखनाथ  र मुक्तिनाथ मन्दिर देख्न सकिन्छ। भिडियोको छायांकन र सम्पादन राज मल्लले गरेकाहुन्।
लामो समय देखि सांगीतिक क्षेत्रमा रहेका बरालले दर्जनौँ भजनहरु रेकर्ड गराईसकेकाछन् र थुप्रै भजनहरु आउने क्रममा रहेको पनि उनले बताए।  बरालको पहिलो भजन “कृष्णजीको नामै प्यारो” हो भने यो भजन २०७३ सालमा रेकर्ड भएको थियो। भजनलाई मनिष रञ्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्