जनादेश, काठमाण्डौं । दाङ जिल्लाको तुलसीपुरमा संचालित पब्लिक ज्ञान ज्योति उच्च माध्यमिक विद्यालयले ‘बेस्ट +२ स्कूल ऑफ द ईयर -२०२२’ अवार्ड प्राप्त गर्न सफल भएको छ । उक्त अवार्ड एक भब्य समारोहका बीच संयुक्त अरब अमिरात (UAE)को दुबईमा प्रिन्सीपल सुरेन्द्र जि.सी.लाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त रुपमा अवार्ड वितरण तथा सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो । कलेज रिडर्सले कार्यक्रमको आयोजना र व्यवस्थापन गरेकोे थियो ।
पुरस्कारवितरण कार्यक्रमका सहभागीहरु