भक्तपुरको माेडर्न स्कुल र कलेज यस वर्षको ‘उत्कृष्ट उदयमान स्कुल अवार्ड–२०२२’ द्वारा सम्मानित – Janadesh Daily | ePaper

भक्तपुरको माेडर्न स्कुल र कलेज यस वर्षको ‘उत्कृष्ट उदयमान स्कुल अवार्ड–२०२२’ द्वारा सम्मानित


जनादेश, काठमाण्डौं । भक्तपुरको माेडर्न स्कुल र कलेज यस वर्षको ‘उत्कृष्ट उदयमान स्कुल अवार्ड–२०२२’ द्वारा सम्मानित भएको छ । संयुक्त अरब इमिरेट्स(UAE) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा. आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेन र नेपालबाट मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्यद्धारा संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । र उक्त अवार्ड वितरण कार्यक्रममा कलेजका तर्फवाट प्राचार्य अनिल कस्पाल र संयाेजक शशी कायस्थ कस्पाल सहभागी हुनु भएको थियो।

माेडर्नले राष्ट्रिय परीक्षा बाेर्ड र स्थानिय निकायबाट अनुमति प्राप्त गरी माेडर्न बाेर्डिङ्ग सेकेण्डरी स्कुल, सूर्य विनायक नगरपालिका, वडा.नं. ४, दधिकाेट, माेडर्न चाेक र चित्रपुरमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म, भक्तपुर माेडर्न ईङ्गलिस सेकेण्डरी स्कुल, भक्तपुर नगरपालिका, वडा.नं. १, सल्लाघारी, सृजना नगर, सल्लाघारी चउर, यातायात कार्यालय पछाडि रहेको माेडर्नमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म र साेही ठाउँमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिई यूनिभर्सल माेडर्न कलेजमा बि.बि.एस कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ ।

शैक्षिक गुणस्तरमा अब्बल साबित माेडर्न स्कुलले परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी, भक्तपुरले विगतमा लिएका एस.एल.सि. परीक्षाहरूमा पटक-पटक बाेर्ड स्थानहरू ल्याउन सफल, +2 काे नतिजामा पनि उत्कृष्ट नतिजाहरू ल्याई बाेर्ड स्थान ल्याउन सफल, नेपालमै उत्कृष्ट +2 कलेज/स्कुलमा दशाैं स्थान भित्र पर्न सफल, नेपाल सरकार शिक्षा मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कारहरू प्राप्त, जिल्ला स्तरीय परीक्षाहरूमा पनि प्रथम, दाेस्राे र तेस्राे हुन सफल, अहिले एस.ई.ई.काे ग्रेडिङ्ग प्रणालीको परीक्षामा पनि उत्कृष्ट नतिजाहरू दिइरहन सफल, माेडर्नबाट अध्ययन गरि गएका विद्यार्थीहरूले देश विदेशका विद्यालय, विश्व विद्यालयहरूमा पनि उत्कृष्ट नतिजा प्राप्त गरि बाेर्ड स्थान सहित प्रथम, दाेस्राे, तेस्राे स्थानहरू ल्याउन सफल र माेडर्नबाट अध्ययन गरि गएका प्रायः सम्पूर्ण विद्यार्थीहरू देश विदेशमा विभिन्न निकाय, व्यवसायहरूमा सफलतापूर्वक सेवाहरू गरिरहेको देख्दा मन प्रसन्न हुने प्रिन्सिपल अनिल कस्पाल भन्नुहुन्छ ।

माेडर्नले ब्रिटिस काउन्सिल अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०२०-२३ र २०२१-२४ र अन्य धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त गर्न सफल भएका छन् । शैक्षिक गतिविधि बाहेक अतिरिक्त क्रियाकलापहरूमा पनि अब्बल माेडर्नका विद्यार्थीहरूले देश विदेशमा आफ्ना प्रतिभाहरू प्रस्तुत गरेर विभिन्न पुरस्कार र प्रमाणपत्रहरू पनि प्राप्त गर्न सफल भएका छन् । माेडर्नले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई अन्तर्राष्ट्रिय सम्मेलन, तालिम र कार्यक्रमहरूमा सहभागी गराईसकेको कुरा यस कार्यक्रममा सहभागी र पुरस्कार ग्रहण गर्नुहुने माेडर्न स्कुल र कलेजका प्राचार्य अनिल कस्पालले बताउनु भयो ।

अवार्ड वितरण कार्यक्रमका विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेनका साथ प्राचार्य अनिल कस्पाल र संयोजक शशी कायस्थ कस्पाल

संयुक्त अरब इमिरेट्स(UAE) को दुबई शहरमा अवार्ड वितरण र सम्मान कार्यक्रमपछि लिइएको सामुहीक तस्बिर

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्