जनादेश, काठमाण्डौं । काठमाडौँको गोकर्णेश्वर–०८, माकलबारीमा संचालित जय बहुमुखी क्याम्पसलाई आउटरीच एक्सीलेंस अवार्ड प्राप्त भएको छ । कलेज रिडर्सले दुबईको शेराटन होटलमा कार्यक्रम गरी सो अवार्ड एक भब्य समारोहका बीच संयुक्त अरब अमिरात (UAE)को दुबईमा प्रदान गरिएको हो । साथै कलेजका अध्यक्ष जगनाथ देवकोटा ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डबाट सम्मनित हुनुभएको छ ।
नेपाल बिजनेस काउन्सिल दुबईका अध्यक्ष डा. आसिफ अली सिद्दिको प्रमुख र विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।
डेढ दशकभन्दा बढी समयदेखि नेपाली शिक्षामा सेवा गर्दै आएका विद्यालय तथा कलेजहरूबारे वस्तुनिष्ठ रूपमा कलेज रिडर्सले अनुसन्धान गर्दै , विज्ञ र शिक्षाविद्हरूको सल्लाहमा मूल्याङ्कन मापदण्ड बनायर विद्यालय, कलेज र शैक्षिक उद्यमीहरूलाई सम्बन्धित पुरस्कारका लागि चयन गरिएको थियाे।
जय बहुमुखी क्याम्पसमा BBS, BSW, BCA, MBS कार्यक्रमहरु संचालनमार रहेको कलेजका अध्यक्ष जगनाथ देवकोटाले जनादेशलाई बताउँनु भएको । अवार्ड पाप्त गरेपछि अध्यक्ष देवकोटाले भन्नुभयो, ‘समुदाय प्रति हाम्रा जिम्मेवारी झन थपिएको छ । प्रविधि मैत्री गुणस्तरीय शिक्षा प्रदानका लागि हाम्रो टिम प्रतिवद्धता व्यक्त गर्छ ।’
कार्यक्रमको अध्यक्षता कलेज रिडर्सका मुख्य सम्पादक तथा केन्द्रीय हिसानका उपाध्यक्ष रामहरि सिलवालले गर्नुभएको थियो भने कार्यक्रमको कलेज रिडर्सका संरक्षक तथा हिसानका केन्द्रीय सदस्य भवानीप्रसाद पौडेलले गर्नुभएको थियो ।