कलेज रिडर्सद्वारा उत्कृस्ट स्कुल, कलेज, शैक्षिक उद्यमीलाई दुबईमा एजुकेशन अवार्ड प्रदान – Janadesh Daily | ePaper

कलेज रिडर्सद्वारा उत्कृस्ट स्कुल, कलेज, शैक्षिक उद्यमीलाई दुबईमा एजुकेशन अवार्ड प्रदान


जनादेश, काठमाण्डौं । लेज रिडर्सद्वारा उत्कृस्ट स्कुल, कलेज, शैक्षिक उद्यमीलाई दुबईमा एजुकेशन अवार्ड प्रदान भएकाे छ ।होटल शेराटनमा कार्यक्रम गरी सो अवार्ड एक भब्य समारोहका बीच संयुक्त अरब अमिरात (UAE)को दुबईमा प्रदान गरिएको हो ।

अंग्रेजी माध्यमबाट प्रकाशित भई विगत १५ बर्ष देखि निरन्तर नेपाली शैक्षिकरप्राज्ञिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिती साथ अटल अस्तित्व निर्माण गरेको मासिक पत्रिका कलेज रिडर्स (Magazine) ले नेपालको गुणस्तरिय शिक्षा अभिवृद्धिमा आफ्नो अमुल्य योगदान दिएका शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवं शिक्षाविदहरुको अतुल्य योगदानको पहिचान र कदर गर्दै नेपाल शिक्षा पुरस्कार सम्मान गरेको हाे ।

उक्त कार्यक्रमा ३५ विद्यालय तथा कलेजहरु र १६ शैक्षिक उद्यमीहरुलाई उच्च प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड दुबई २०२२ बाट सम्मानित गरेको थियो । कार्यक्रममा नेपाल बिजनेस काउन्सिल दुबईका अध्यक्ष डा. आसिफ अली सिद्दिको प्रमुख अतिथि र दुबई सरकारका सहसचिव मोहम्मद हुसेन विशेष अतिथिको रुपमा रहेका थिए ।

कलेज रिडर्स, एकमात्र अङ्ग्रेजी शैक्षिक पत्रिका हाे जस्ले १५ वर्षदेखि निरन्तर आफ्नो सेवा प्रदान गर्दै र शैक्षिक मुद्दाहरूको प्रवद्र्धन र वकालत गर्दै आयको छ।

दुबईमा गरियको साे अवार्ड समग्र शैक्षिक क्षेत्रको अन्वेषण र पहिचान गर्न गरिएको पहल कदमी हो। उनीहरूको प्रयासलाई प्रशंसा गर्दै गुणस्तर वृद्धिको लागि, राष्ट्र निर्माणराष्ट्रको विकास, शैक्षिक उद्यमीहरूको अग्रगामी र राम्रो कामको लागि गरियाे । यो अवार्ड कार्यक्रम उनीहरूको विशेषज्ञताको पहिचान र प्रवर्द्धन र उनीहरूको प्रयासलाई मान्यता दिनमा केन्द्रित रहेकाे देखिनेछ।

नेपाल एडुकेशन अवार्ड (२०२२ को जुरी टिम जो पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. दिपकबहादुर भण्डारीको नेतृत्वमा भयकाले प्रतिष्ठित नेपाली विद्यालय, कलेज र शैक्षिक संस्थाहरू तथा शैक्षिक उद्धमिहरुलाई उनीहरूको शैक्षिक उत्कृष्टताको प्रशंसा गर्दै छनोट गरेका थिए।

डेढ दशकभन्दा बढी समयदेखि नेपाली शिक्षामा सेवा गर्दै आएका विद्यालय तथा कलेजहरूबारे वस्तुनिष्ठ रूपमा कलेज रिडर्सले अनुसन्धान गर्दै , विज्ञ र शिक्षाविद्हरूको सल्लाहमा मूल्याङ्कन मापदण्ड बनायर निम्न विद्यालयरकलेज र शैक्षिक उद्यमीहरूलाई सम्बन्धित पुरस्कारका लागि चयन गरिएको थियाे।

कार्यक्रमको अध्यक्षता कलेज रिडर्सका मुख्य सम्पादक तथा केन्द्रीय हिसानका उपाध्यक्ष रामहरि सिलवालले गरेका थिए भने कार्यक्रमको कलेज रिडर्सका संरक्षक तथा हिसानका केन्द्रीय सदस्य भवानी प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्