जनादेश, काठमाण्डौं । अमेरिकाको न्यूजर्सी राज्यको प्रिन्सटन बिश्वबिद्यालयकी बेपत्ता भएकी विद्यार्थी मृत अवस्थामा फेला परेकी छिन् । २० वर्षीय किशोरीलाई अन्तिम पटक गत शुक्रबार बिहान ३ बजे देखिएकी विद्यालयले जनाएको छ।
प्रिन्सटनमा हराएकी उक्त विद्यार्थ मिस्राच इयुनेटी भएको सिएनएनले जनाएको छ । अधिकारीहरूले प्रिन्सटनमा बेपत्ता भएकी विद्यार्थीलाई लगभग एक हप्ताको खोजी पछि मृत फेला परेको बताए।
प्रिन्सटनकी छात्रा मिस्राच इव्युनेटी बेपत्ता भएको करिब एक हप्तापछि बिहीबार बिश्वबिद्यालयकै हाता भित्र मृत फेला परेकी अधिकारीहरूले भने।
२० वर्षीय युवतीको शव दिउँसो १ बजेतिर फेला परेको थियो । टेनिस मैदान पछाडि उनको शव पाईएको मर्सर काउन्टी अभियोजकको कार्यालयले बताएको छ ।
चोटको कुनै स्पष्ट संकेत नभएको र उनको मृत्यु संदिग्ध वा आपराधिक प्रकृतिको देखिदैन,” अभियोजनकर्ताहरूले भने।
शव परीक्षण गरिने सरकारी वकिलले बताए । ” मिस्राचको मृत्यु एक अकल्पनीय त्रासदी हो,” विश्वविद्यालयले बिज्ञप्तिमा जनाएको छ । यो समाचार इनेपलिज अनलाईनमा छ ।