जनादेश, काडमाण्डौं । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) ले चाडवाड तथा संस्कृतिसम्बन्धी फेशन हन्टको आयोजना गरेको छ ।
हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाड तिहार र छठ पर्वको सम्मुखमा बिपिसी कलेजले धर्म, संस्कृति एवम् रितीरिवाज झल्किने किसिमको कार्यक्रमको आयोजना गरेको हो ।
बिपिसी कलेजले अध्ययन मात्रै नभएर अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिने गरेको कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दीपक शाक्यले बताए । विद्यार्थीहरुलाई किताबी कुराभन्दा पनि समाज, धर्म, संस्कृति, अनुशासन, ईमान्दारीता जस्ता कुराहरु सिकाउनुपर्ने र यसमा बिपिसी कलेज अग्रसर रहेको कलेजका पूर्व अध्यक्ष एवं मदेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. शाक्यको भनाई छ ।
कलेजका सञ्चालक संकल्प शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रधानाध्यापक डा. बिनय श्रेष्ठ, संयोजक बासु कर्ण, लगायतको उपस्थिती रहेको थियो ।