काठमाडौं ,
प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्यो ।’
कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताए ।