जनादेश, दाङ । राप्ती इन्जिनियरिङ कलेजद्धारा प्रिडिप्लोमा इन्जिनियरिङका विद्यार्थीहरुलाई विदाई गरेको छ । २०७७ सालमा भर्ना भएका प्रिडिप्लोमा इन्जिनियरिङ कार्यक्रमहरु अमिन, इलेक्र्टीकल र सिभिल तर्फका विद्यार्थीहरुलाई विदाई गरिएको कलेजले जनाएको छ ।
विदाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कलेजका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले भन्नु भयो, राप्ती इन्जिनियरिङ कलेजबाट उत्पादीत ८० प्रतिशत शैक्षिक जनशक्तिले रोजार प्राप्त गर्न सफल भएको छ । कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण लोक सेवा पास गर्ने विद्यार्थीहरु राप्ती ईन्जिनियरिङ कलेजका धेरै छन् । राप्ती इन्जियिरिङ कलेजले आधुनकि प्रविधिको प्रयोग गरी खोजमा आधारित शिक्षण सिकाई गर्ने गरेको हुँदा विद्यार्थीहरुको ज्ञान, सीप, दृष्टिकोण र व्यावहारमा परिर्वतन गर्न सफल भएको बताउँनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेल्दै डा. गिरीले भन्नु भयो, राप्ती इन्जिनियरिङ कलेजले हालैमात्र बेष्ट इन्जिनियरिङ कलजे अवार्ड २०२२ प्राप्त गर्न सफल भएको छ । विई सिभिल इन्जियिरिङ र विसीए कार्यक्रम तर्फ गोल्ड मेडल प्राप्त गरेको यस कलेजलाई संयुक्त अरब इम्रेस्टस (UAE)को दुबई सहरमा एक भव्य कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको बताउँनु भयो ।
समाज रुपान्तरणमा शिक्षाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुँदा अध्ययनलाई निरन्तरता दिनु पर्ने कुरामा डा. गिरीले जोडदिनु भयो । ठीक बेठीक, सँत्य असत्य, न्याए अन्याए छुट्टयाउँन शिक्षाको महत्वपुर्ण भुमिका हुने कुरा उहाँले बताउँनु भयो । उहाँले भन्नु भयो, समाजमा रहेको अन्याय, अत्याचार कम गर्न, लिङग, जात, बर्गका आधारमा गरिने विभेदको अन्तय गर्न शिक्षाले सहयोग गर्छ ।
आफु जलेर पनि अरुलाई शिक्षा, ज्ञान दिने गुरु र आफु दु:ख पिडामा रहेर सन्ताहरुलाई शिक्षा प्रादान गर्ने आमाबुवा भगवान सरह हुने हुँदा उनीहरुको आदर सत्कार गर्न डा. गिरीले जाड दिनु भयो । साथै उँहाले भन्नु भयो, जीवनमा सतकर्म गर्नु पर्छ, सत्कर्मले नै मानिसलाई गन्तव्यमा पुर्याउने हुँदा राम्रा मान्छेको संगत गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष एवं प्रिन्सीपल रेशम गिरीले भन्नु भयो, राप्ती इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले निजामति सेवा, नेपाल प्रहरी, नेपाली सेना, भारत, बेलायत, अस्टेलीय, जापान, आमेरीका लगायत देशहरुमा रोजगारी प्राप्त गर्न सफल भएका छन् । प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुमा प्राविधिक ज्ञान र सीप प्रयाप्त हुने हुँदा बेरोजगार हुँनु नपर्ने कुरामा जोड दिनु भयो ।
बि.ई. सिभिलका विभागीय प्रमुख ई. बावुराम जोशीले भन्नु भयो, प्रविधिकले पालना गर्नु पर्ने पेशागत मर्यादा र नैतिकतालाई कहिल्यै अवमुल्याङकन गर्नु हुंदैन । प्रविधिकहरु कहिल्यै भोकै मर्न नपर्ने र वेरोजगार पनि नहुने हुनाले प्राविधिक शिक्षामा हामी सबैको जोड हुनु पर्छ, उहाँले भन्नु भयो । प्रविधिकहरु कहिल्यै भोकै मर्न नपर्ने र वेरोजगार पनि नहुने हुनाले प्राविधिक शिक्षामा हामी सबैको जोड हुनु पर्छ, उहाँले भन्नु भयो ।
प्रिडिप्लोमा इन सिभिल ईन्जिनियरिङ कार्यक्रमका संयोजक सुवास खड्काले भन्नु भयो, शिक्षा नै धन भएकोले यसको आर्जन गर्न छोड्नु हुँदैन । त्यस्तै प्रडिप्लोमा इन इलेक्टिकल ईन्जिनियरिङ कार्यक्रमका संयोजक नरेशकुमार थारुले भन्नु भयो, शिक्षा जीवन परन्त चलीरहने प्रकृया भएकोले पढाई लेखाईलाई व्यावहारसंग जोडेर हेर्न जोड दिनुभयो । अहिले गाउँ गाउँमा प्राविधिक शिक्षा पुगेता पनि त्यसको गुणस्तरमा प्रश्न चिन्ह रहेको बताउँनु भयो । अहिले गाउँ गाउँमा प्राविधिक शिक्षा पुगेता पनि त्यसको गुणस्तरमा प्रश्न चिन्ह रहेको बताउँनु भयो ।
उक्त विदाई कार्यक्रममा विदाई लिनेको तर्फबाट मनोज नकाल, दिनेश नकाल र विदाई दिनेको तर्फबाट पदम बहादुर बुढा क्षेत्री र नरेन्द्र भण्डारीले मन्तव्य राख्नु भएको थियो साथै नारायणी रावतले विदाई भएर जाने विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो । विदाई कार्यक्रममा कलेजको तर्फबाट अविर र खादा लागाएर विद्यार्थीहरुलाई विदाई गरिएको थियो । विदाई कार्यक्रमको संचलन रेशम विष्टले गर्नु भएको थियो ।