प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : नेत्री शर्मा – Janadesh Daily | ePaper

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : नेत्री शर्मा


नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ ।

उहाँले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गर्नुभयो ।

बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको विषय बाहिर चर्चा गर्नुभन्दा पार्टीभित्र र गठबन्धन दलभित्र छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले ठूलो दलको हैसियतमा कांग्रेसले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन, तर बाहिरभन्दा पार्टी र गठबन्धनभित्रबाट आउनुपर्ने पर्छ ।” उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीमा दाबी रहने जनाउनुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाको जबर्जस्ती हस्तक्षेपभन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने उहाँको भनाइ थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्