नेपाली सेना सहित दाङका ७ जनामा कोरोना पुष्टि – Janadesh Daily | ePaper

नेपाली सेना सहित दाङका ७ जनामा कोरोना पुष्टि


चन्द्रप्रकाश नेपाली,

घोराही । दाङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्य ४ जना नेपाली सेना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा बबई गाउँपालिकाका २ जना पुरुष र एक जना महिला गरि ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै नेपाली सेनाको तुलसीपुर स्थित बाहिनीमा तालिमका लागि आएका सेनाहरुको स्वाब परिक्षणका क्रममा दाङका ४ जना सहित २९ जनामा कोरोना संक्रमण देखिएको छ । तुलसीपुर उपमहानगरपालिका ठेगाना भएका ३ जना र लमही नगरपालिका ठेगाना भएका एक जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको हो ।

तर उनिहरु बाहिरी जिल्लामा कार्यरत रहेको र तालिमका लागि तुलसीपुर बाहिनीमा आएको नेपाली सेनाले जनाएको छ । संक्रमित सबैलाई आइसोलेशनमा पु¥याईएको छ । यसैबिच बाँकेमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्तरमै भाइरसको संक्रमण फैलिदै गएपछि बाँके प्रशासनले निषेधाज्ञा गर्दै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्