स्थनीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण – Janadesh Daily | ePaper

स्थनीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण


जनादेश संवाददाता ,

घोराही । कोरोनाको जोखिम बढिरहेको समयमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले जिल्लाका १० वटै स्थानिय तहलाइ अत्यावश्यक स्वास्थ्य र सरसफाइ सामग्री प्रदान गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रेडक्रसले स्थानियतहलाई चेतनामुलक फ्लेक्स ब्यानर, क्वारेन्टाइनमा फोहोर ब्यवस्थापनकालागि डस्टविन, ट्वाईलेट ब्रस, हर्पिक, फिनाईल, सेनिटाईजर, ग्लोब्स, माक्स, मेडिकल झुल र क्वारेन्टाइनमा रहेका महिला संख्याका आधारमा महिनावारी स्वच्छता सामाग्रि र डस्टबिन लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।

जिल्ला शाखा दाङको स्वास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रम आर्थिक सहयोग नेपाल रेडक्रस सोसाईटी सिइएचपि नेपालगन्ज र स्वीस रेडक्रसको सहभागितामा उक्त सामग्रि हस्तान्तरण गरेको कोभिड फोकल पर्शन प्रकाश श्रीबन्दले जानकारी दिनुभयो ।

लकडाउन खुलेपछिको अवस्थामा कोभिडको संक्रमण बढ्न सक्ने भन्दै रेडक्रसले सहयोग स्वरूप स्वास्थ्य र सरसफाइ सामग्री वितरण गर्दै आएको र त्यसै गतिविधिलाइ निरन्तरता दिएको जिल्ला सभापति नारायण आचार्यले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्