दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से – Janadesh Daily | ePaper

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ ।

आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज बैंकिङ समूह नौ दशमलव ४१, विकास बैंक समूह एक दशमलव ६१, वित्त समूह नौ दशमलव ९४ र उत्पादन समूह १३ दशमलव ४० अंकले घटेको छ ।

वृद्धि देखिएका उपसूचकमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक एक सय ८३ दशमलव ३६ र निर्जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ६९ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक ४४ दशमलव ५३, लघुवित्त समूहको उपसूचक १६ दशमलव ३५, व्यापार समूहको उपसूचक १५ दशमलव ४४ र अन्य समूहको उपसूचक १० दशमलव ८५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचक तीन दशमलव ९८ अंकले, लगानी समूहको उपसूचक शून्य दशमलव ४४ अंकले र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव ०८ अङ्कले बढेको छ ।

आजको कारोबार पछि सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको रु १९ करोड ८० लाख ६७ हजार चार सय ९३ बराबरको कारोबार भएको भने सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ४८ हजार ७७ कित्ता सेयर कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्