दाङमा ४ महिनामा २६ जनाको विपतमा परि मृत्यु – Janadesh Daily | ePaper

दाङमा ४ महिनामा २६ जनाको विपतमा परि मृत्यु


जनादेश संवाददाता

घोराही । दाङमा विभिन्न विपतका घटनामा परि ४ महिनामा २६ जनाको मृत्युभएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बैशाख, जेठ, असार र साउन महिनामा भएका विभिन्न विपतका घटनामा परि २६ जनाको मृत्युभएको हो ।

जस अनुसार पानीमा डुबेर १४ जना, सर्पको डसाईबाट ५ जना, बाढी पहिरोमा परि ४ जना र करेन्ट लागेर ३ जना गरि २६ जनाको मृत्युभएको केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभएको छ ।

विपतका घटनाहरु सामान्य साबधानी समेत नअपनाउदा हुने गरेका देखिएको छ । पानीमा डुबेर हुने मृत्युमा धेरै बालबालिका पर्ने गरेका छन् ।

बालबालिका खेल्ने क्रममा पानीमा डुब्ने भएकाले अभिभाबकले रेखदेख बढी गर्नुपर्ने र खोला नदी तर्ने क्रममा पनि सबैलाई होसीयारी अपनाउन केन्द्रले अपिल गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्