लागू औषध सहित दुईजना पक्राउ – Janadesh Daily | ePaper

लागू औषध सहित दुईजना पक्राउ


चन्द्रप्रकाश नेपाली

घोराही । गढवामा लागु औषध सहित दुईजना पक्राउ परेका छन् ।

भारतसंग जोडिएको दाङको कोईलाबास लमही सडक खण्ड अन्र्तगत गढवा गाउँपालिका वडा नम्बर ७ मा घोराही उपमहानगरपालिका१५ निवासी २३ वर्षिय रिहा जुदिन र सोही ठाउँ निवासी २२ वर्षिय स्कुटी चालक अरमान धुनिया पक्राउ परेका हुन् ।

कोइलाबास नाकाबाट घोराही आउदै गरेको लु३१प १५७८ नम्बरको स्कुटर सहित ५५ ग्राम ७ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिनुभयो ।

लागू औषध ओसारपसार तथा विक्रि वितरण गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरि आवश्यक कारबाही अघि बढाईएको प्रहरीले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्