छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जना घाईते – Janadesh Daily | ePaper

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जना घाईते


जनादेश संवाददाता

घोराही । पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जना घाईते भएका छन् । घाइते मध्य ३ को अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रौनियार चोकमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्कीदा ४ जना घाईते भएका छन् ।घाईते हुनेमा रा३प७४०३ नम्बरको मोटरसाईक चालक तुलसीपुर ६ निबासी १८ बर्षका चालक अनुवाड ढुनिया, पछाडी सवार १६ बर्षका श्यामे गुप्ता, त्यसैगरी रा३प७७६९ नम्बरका चालक २४ बर्षका पंकज चौधरी र पछाडी सवार २६ बर्षकी सुजाता चौधरी घाईते भएका छन् ।

गम्भिर घाईते सुजाता र ढुनियालाई सिटी हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

त्यसैगरी पश्चिम दाङको बैशामा मोटरसाईकल ठोक्कीदा ४ जना घाइते भएका छन् । हापुरेबाट भमके तर्फ जाँदै गरेको रा३प ३८८३ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आइरहेको रा२प १४७७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा तुलसीपुर उपमहागनरपालिका–१ भमके निबासी ३८ बर्षका सरोज खनाल र कुमालगाउँ निबासी गिरीधर बस्याल, दंगीशरण गाउँपालिका– ६ निबासी डिल्लीबहादुर वली र सोही ठाउँका देवबहादुर वली घाईते भएका छन् ।

त्यसैगरी मोटरसाइकले ठक्कर दिदा पश्चिम दाङमा ३ बर्षकी बालिका गम्भिर घाईते भएकी छन् । हापुरेबाट रामपुर जाँदै गरेको बा८१प ५९६६ नम्बरको मोटरसाईकलले बबई गाउँपालिका–३ पतेरीका ३ बर्षकी भिक्टोरीया वलीलाई ठक्कर दिदा घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्