कर्णाली कटानले बाढीको जोखिम – Janadesh Daily | ePaper

कर्णाली कटानले बाढीको जोखिम


राजापुर,

कर्णाली नदी कटानका कारण बर्दियाका राजापुर र गेरुवा बाढीको उच्च जोखिममा परेका छन् ।

लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका हुन् ।

राजापुर– ३ को तिघ्रामा कर्णालीले तटबन्ध भत्काउन थालेपछि स्थानीयवासी त्रसित्र बनेको स्थानीय प्रशासनले जनाएको छ । नदीमा पानीको बहाब बढ्दै जाँदा करीब पाँच सय मिटर तटबन्ध भत्किने खतरा बढेको छ ।

बाँध कटान गरिरहेका कारण करीब ६५ घर परिवारलाई राजापुरस्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा सारिएको जिल्ला आपत्कालीन व्यवस्थापन कार्यालयका सूचना अधिकारी रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

बाँध कटान भई नदीको पानी गाउँमा पसेमा तीन वटा वडाका झण्डै तीन हजार घरपरिवार डुबानमा पर्ने खतरा छ । कर्णालीमा जलस्तर ११ मिटर पार गरेपछि बाढी पस्ने जोखिम हुन्छ ।

पहाडी भेगमा वर्षा नरोकिएकाले जलस्तर बढ्ने अनुमान आपत्कालीन व्यवस्थापन कार्यालयले गरेको छ ।

नदीले बाँध नै कटान गर्न थालेपछि किनारका स्थानीयवासी त्रसित भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्