बाँके कारागारका कैदीबन्दी र थुनुवा अन्यत्र सरुवा    – Janadesh Daily | ePaper

बाँके कारागारका कैदीबन्दी र थुनुवा अन्यत्र सरुवा   


कोहलपुर,

पालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ ।

बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको हो ।

बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रित नाबालक एक गरी ३१ जनालाई दैलेख कारागार तथा १५ थुनुवा र एक नाबालक आश्रित गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा पठाइएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

दुई सय ५० पुरुष र ५० महिला गरी तीन सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल दोब्बर बढी ७७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक गरी ८१७ कैदीबन्दी र थुनुवा छन् ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्