७ अंकले घट्यो नेप्से, तीन अर्बको कारोबार – Janadesh Daily | ePaper

७ अंकले घट्यो नेप्से, तीन अर्बको कारोबार


बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ७.१३ अंकले घटेर दुई हजार १७०.२१ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् २७, निर्जीवन बीमा २८, ब्यापार ११, फाइनान्स ३६, उत्पादन ४१, विकास बैंक २२, बैंकिङ उपसमूह ०.७९, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स १६ र जीवन बीमा उपसमूह ५८ अंकले घटेको छ । अन्य उपसमूह ७ अंकले बढेको छ ।

आज आदर्श लघुवित्तको सेयर ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज तेह्रथुम पावर कम्पनीको सेयर झण्डै साढे तीन प्रतिशतले बढेको छ ।

यसदिन २५७ कम्पनीका एक करोड पाँच लाख कित्ता सेयर तीन अर्ब ६९ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्