राज्यले आफ्ना नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः पूर्व सभामुख महरा – Janadesh Daily | ePaper

राज्यले आफ्ना नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः पूर्व सभामुख महरा


चन्द्रप्रकाश नेपाली,

दाङ । नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक भवनको  उद्घाटन गरिएको छ । भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा पु¥र्याउँनु पर्ने बताउँनु भयो ।

घोराही उप–महानगरपालिका –१४ नयाँ बजार स्थित तीनकाुने चोकमा  निर्माण गरिएको  भवन प्रतिनिधी सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको हो ।

पूर्व सभामुख महराको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सासंद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको छ । चारवटै कोठामा एसी सहित फर्निचर र स्वास्थ्य क्लिनिकका  लागि आबश्यक पर्ने उपकरणहरु जडान गरिएको छ ।

त्यसका लागि स्थानिय स्तरवाटै नागरिकले आवाज उठाउँनु पर्ने उल्लेख गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका महराले स्थानिय निकाय, सरकारका तर्फबाट भएका कामको संरक्षण र संर्बधन गर्नु पर्ने बताउँनु भयो ।

अधिकासं स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार निर्माण भएपनि त्यसमा आबश्यक पर्ने उपकरण नहुदा स्वास्थ्य सेवामा समस्या देखिएको वताउँदै त्यसको व्यवस्थापनका लागि भुमिका खेल्ने बताउँनु भयो ।

त्यस अबसरमा घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही उप–महानरपालिका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा पु¥र्याउन प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको बताउँनु भयो ।

त्यसका साथै अहिले घोराही उप–महानरपालिकाले १५ बेडको अस्पताल निर्माणको काम थालनी भैसहेको वताउँनुभयो । त्यस अबसरमा जिल्ला समन्वय समिति दाङका उप–प्रमुख श्रीधर पौडेलले नयाँ बजार शहरी स्वास्थ्य केन्द्रलाई आबश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भवन निर्माण समितिका अध्यक्ष दिलकुमारी बुढाले गर्नु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्