शव बोकेको एम्बुलेन्स दुर्घटना, ४ जना घाइते – Janadesh Daily | ePaper

शव बोकेको एम्बुलेन्स दुर्घटना, ४ जना घाइते


चन्द्रप्रकाश नेपाली

दाङ ।  दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

दुर्घटनामा परि एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको छ ।

पुष्पाका पति लोकबहादुर पुनलाई रक्तचापको समस्या बढेपछि उपचारका लागि उनीहरू बाँके लगेर गएका थिए । लोकबहादुरको मृत्यु भएपछि नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका १३ स्थित अम्राई खोलामा आज बिहान सवा ३ बजे अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार उनीहरु दुबै जनालाई उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा परि मगरकी २१ वर्षीया छोरी रोजिना बोहोरा र छोरा पनि घाईते भएको प्रहरीले बताएको छ ।

एम्बुलेन्स झन्डै सडकबाट एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्