भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन भएको छ।
६६ वर्षीय कौशिकको हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सूचना अनुसार आफन्त भेट्न गुरुग्राममा पुगेका उनलाई ह्दयघात भएपछि दिल्लीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो । कौशिकका पत्नी र एक छोरी छन्।
राम लखन, जाने भी दो यारो, दीवाना मस्ताना आदि फिल्महरुमा विभिन्न भूमीका निभाएका उनले तेरे नाम,रूप की रानी चोरों का राजा, प्रेम, हम आपके दिल मे रहते हैं जस्ता धेरै चलचित्रहरू समेत निर्देशन गरेका छन् ।