अमेरिका नेपालमा अनुदान थप्न इच्छुकः राजदूत थमसन – Janadesh Daily | ePaper

अमेरिका नेपालमा अनुदान थप्न इच्छुकः राजदूत थमसन


जनादेश, काठमाण्डौं । नेपालको लागि अमेरिकी राजदूत डेयन आर थमसनले नेपालमा अनुदान थप्न इच्छुक रहेको प्रतिक्रिया दिएका छन्। बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा उनले यस्तो बताएका हुन्।

मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसिसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत् अमेरिकाले नेपालमा अनुदान थप्ने बताएको अर्थमन्त्री  महतले जानकारी गराए।

बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो। कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको थियो।

त्यसैगरी नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको मन्त्री डा. महतले जानकारी दिए। आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ, डा. महतले भने।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्