नि:शुल्क कम्प्युटर तालीमको उद्घाटन सम्पन्न – Janadesh Daily | ePaper

नि:शुल्क कम्प्युटर तालीमको उद्घाटन सम्पन्न


जनादेश, दाङ । घोराहीमा रहेको राप्ती इन्जिनियरीङ कलेजले घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा एसइई दिएर बसेका विद्यार्थीहरुको लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको छ । राप्ती इञ्जिनियरीङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखरा विश्व विद्यालयका उप—प्राध्यापक निम बहादुर डाँगीले गर्नुभएको थियो ।

May be an image of 6 people and dais

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपप्राध्यापक निम बहादुर डाँगीले कम्प्युटर शिक्षाले विश्वलाई दोरयाउने भएको हुँदा विभिन्न किसिमका कोर्षहरु मध्य कम्प्युटर बेसिक कोर्ष पनि अति आवश्यक र अनिवार्य रहने भएकोले सबै जना अनुशासित भई राम्रोसंग तालिम लिन आग्रह गर्नुभयो ।

May be an image of 3 people and dais

कुनै पनि कोर्ष सिक्नको लागि सबै भन्दा पहिले सासाना कुराहरुको बारेमा जान्न जरुरी हुने भएकोले यस तालिमबाट प्रदान गरिने शिक्षालाई आत्मसाथ गरी सबैले सहि सदुपयोग गर्न उपप्राध्यापकडाँगीले आग्रह गर्नुभएको थियो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले कार्यक्रममा बोल्दै स्थानीय १६ नं. वडाका विद्यार्थीहरुको लागि खाली समयलाई सदुपयोग गर्नको लागि कलेजले यो अवसर प्रदान गरेको बताउनुभयो । साथै उहाँले कम्प्युटर प्राविधिक शिक्षा भएकोले यो शिक्षा जुन सुकै कार्य गर्नका लागि अति आवश्यक हुने हुदाँ सबैले अनिवार्य रुपमा लिन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका १६ नं. वडा अध्यक्ष ताराबहादुर डाँगीले वडा बासीहरुको लागि निःशुल्क कम्प्युटर तालिमको समय व्यवस्थापन गरिदिएकोमा कलेज परिवारलाई धन्यबाद दिनुको साथै यो अवसरको उच्चतम सदुयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका कलेजका निर्देशक मधुसुदन बैद्यले राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा निःशुल्क कम्प्युटर तालिम आयोजना गरेर समाजिक उत्तरदायित्व बहन गर्न लागेको बताउनुभएको । कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमकोे सहजीकरण विसिए विभागिय प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्