प्रहरी सहायक निरीक्षक कार्की पक्राउ – Janadesh Daily | ePaper

प्रहरी सहायक निरीक्षक कार्की पक्राउ


काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्