दिल्लीमा गत २४ घण्टामा एक हजार १९२ कोभिड–१९ सङ्क्रमित, एघारको मृत्यु – Janadesh Daily | ePaper

दिल्लीमा गत २४ घण्टामा एक हजार १९२ कोभिड–१९ सङ्क्रमित, एघारको मृत्यु


नयाँ दिल्ली, रासस/एएनआई:

भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ११ सङ्क्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ ।

योसँगै दिल्लीमा शुक्रबारसम्म सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाख ५० हजार ६५२ पुगेको छ । दिल्लीमा चार हजार १७४ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । राष्ट्रिय राजधानीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३६६ पुगेको छ ।

दिल्लीमा शुक्रबार कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७९० रहेको छ भने अहिलेसम्म एक लाख ३५ हजार १०८ सङ्क्रमित निको भई घर फर्किएका छन् ।
दिल्लीमा हालसम्म १२ लाख ७३ हजार १४० को कोभिड–१९ परीक्षण गरिएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६४ हजार ५५३ पुगेको छ भने एक हजार सङ्क्रमितको मृत्यु भएको छ ।

भारतभर कूल सङ्क्रमितको सङ्ख्या २४ लाख ६१ हजार १९१ रहेको छ भने छ लाख ६१ हजार ५९५ अझै सङ्क्रमित अवस्थामा रहेका छन् । सङ्क्रमितमध्ये देशभर ४८ हजार ४० जनाको मृत्यु भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्