गोबिन्द राज ओझा (राजन)
आँखा भरि मुटु भरि केवल तिम्रै माया
जता हेरु देख्छु मैले तिम्रै तिम्रै माया
मेरो कल्पनामा तिमि,मेरो धडकनमा तिमि छौ
किन किन तिमिले लुकेर हेर्ने गर्छौ
आईदेउ तिमिले किन लज्जाउछौ
मन देखि माया गर्ने मान्छे किन टाढिन्छौ
मेरो जिन्दगि तिम्रै आशा र विश्वासमा चलेको छ
भनेर थाहा छ मलाई दु:ख पर्दा तिम्रो साथ पाईन्छ
तिमि नै मेरो हौ भन्ने सोचेको छु मैले
जिन्दगिमा खुसिले रमाउन सिकेको छु मैले
तिम्रो लागि प्रिया जे पनि गर्न सक्छु
हासि खुसि साथमा यो जिन्दगि बिताउन सक्छु