राप्ती इन्जिनियरीङ कलेजमा “शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखिकरण” – Janadesh Daily | ePaper

राप्ती इन्जिनियरीङ कलेजमा “शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखिकरण”


जनादेश, काठमाण्डौं । राप्ती इन्जिनियरीङ कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । व्याचुलर तर्फ विई सिभिल र विसिए कार्यक्रममा स्पीङ्ग २०२३ मा अध्यापन गराउने प्राध्यापकहरुको लागि यो कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा ई. नुटन आचार्यले सहजीकरण र प्रस्तुतीकरण शैली, सहजकर्ता, सहजीकरण प्रक्रिया, सहजकर्ताको भूमिका, सहजीकरण शैली, विभिन्न प्रकारका सहभागीहरूसँग गरिने व्यवहारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

साथै डा. भीमसेन गिरीले प्रभावकारी शिक्षणमा कक्षाकोठाको सिकाई व्यवस्थापन, उपयुक्त शिक्षण विधिको छनोट, कक्षाकोठाको बसाई व्यवस्थापन, विद्यार्थीहरुप्रति प्राध्यापकको व्यवहार, सबैलाई सहज र समान अवसर, कक्षाकोठालाई प्रगोगशालाको रुपमा विकास, स्पष्ट निर्देशन र सहजीकरण, सकारात्मक अभिव्यक्ति र सामुहिक भावना, सामुहिक निर्णय कार्यान्वयनको बारेमा प्रशिक्षण दिन ुभयो ।

कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसुदन बैद्यले गर्नु भएको थियो ।

राप्ती इन्जिनियरिङ कलेजले पछिल्लो समयमा शिक्षण सिकाईमा सुधारका लागि अनुसंधानात्मक शिक्षण पद्धती शुरु गरेको छ । लुम्बनी प्रदेशमै अब्बल मानिने राप्ती ईन्जियिरिङ कलेजबाट उत्पादीत जनशक्ति लुम्बिनी प्रदेशका अधिकांश सरकारी कार्यालयमा कार्यरत छन् ।

कलेजबाट उत्पादीत ८० प्रतिशत शैशिक जनशक्ति रोजगार प्राप्त गर्न सफल भएको कलेजका प्रिन्सिपल रेशमा गिरीले दाबी गर्नु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्