अब पालो बादलका छोराको, प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी – Janadesh Daily | ePaper

अब पालो बादलका छोराको, प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी


नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतीकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

शेर्पाले नक्कली शरणार्थी गिरोहका नाइके सानु भण्डारीलाई हिरासतमै पुगेर भेटेको सार्वजनिक भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्