उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री – Janadesh Daily | ePaper

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री


जनादेश, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले काम गर्दै जाँदा धेरै खालका अफ्ट्याराहरु छन् । हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरुद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको संचार भएको छ । सरकार जस्तोसुकै अफ्ट्याराहरु सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो ।’

No description available.

नेतृत्वले निकै ठुला दबाब र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाब झेलेरै सुशासन र समृद्धिको पक्षमा सरकार अघि बढ्ने बताउनुभयो । तीन ठुला दलका शीर्ष नेताहरू बीच हुने गरेको छलफलका विषयलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर नबुझ्न उहाँको आग्रह थियो । शेरबहादुर देउवा र केपी ओलीसँगको आफ्नो छलफल संसद् संचालनको विषयमा हुने गरेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । सदनलाई कसरी प्रभावकारी रुपमा सुचारु गर्ने भन्ने मै हामीहरुका बीचमा छलफल भएको हो, प्रधानमन्त्रीले भन्नुभयो ।

देशमा नेपाली जनताले दशकौं संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिश हुने गरेको भन्दै परिर्वतनका पक्षमा फेरि एकचोटी सहकार्यको आवश्यकता हुनसक्छ भनेर आफूहरु छलफलमा बस्ने गरेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले सुशासनको निम्ति नक्कली भुटानी शरणार्थी मात्रै नभई भ्रष्टाचारका सबै फाइलहरु खोलिने विश्वास दिलाउनुभयो । एक अर्को प्रसंगमा छिमेकी मुलुक भारतको भ्रमणका बारेमा स्पष्ट गर्दै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हितका लागि भारत भ्रमण फलदायी बनाउने हुने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्