नक्कली शरणार्थी प्रकरणः ३२ जनाविरुद्ध मुद्दा चलाइने – Janadesh Daily | ePaper

नक्कली शरणार्थी प्रकरणः ३२ जनाविरुद्ध मुद्दा चलाइने


जनादेश, काठमाण्डौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकासहित फरार समेत ३२ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको भन्दै पूर्वउपप्रधानमन्त्री, मन्त्री, सचिव सहित बिचौलियालाई प्रहरीले अभियुक्त बनाएको छ । उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गरेको प्रहरी स्रोतको भनाई छ।

यो प्रकरणमा पहिलोपटक पक्राउ गरिएको ५७ दिन भइसकेको र सरकारी वकिल कार्यालयले ६० दिन भित्र अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने कारणले सकेसम्म आजै र नत्र भोलिसम्म अभियोग दर्ता हुने बुझिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्