प्रधानमन्त्रीको भारत भ्रमणः सानो टोली,सीमा र ऊर्जासहितका विषय प्राथमिकतामा – Janadesh Daily | ePaper

प्रधानमन्त्रीको भारत भ्रमणः सानो टोली,सीमा र ऊर्जासहितका विषय प्राथमिकतामा


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सानो टोलीसहित भारत भ्रमणमा जाने भएका छन्। यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जान लागेका उनीसँग सानो टोली जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्।

आइतबार बसेको मन्त्रिपरिष्दका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले सकेसम्म सानो र छरितो टोली पठाउने तयारी भइरहेको बताइन्। ‘भारत भ्रमणमा उठाउने विषयहरूबारे सम्बन्धित मन्त्रालयले तयारी गर्दैछन्। भ्रमण तयारी अन्तिम चरणमा पुगिसकेको छ’, उनले भनिन्, ‘भ्रमणका क्रममा ऊर्जाका विषयमा कुरा हुनेछ। त्यसैगरी हामीबीच रहेका सीमा समस्या छन्, यीबारे पनि कुरा हुनेछ। अन्य विषयमा पनि छलफल हुँदैछ, औपचारिक निर्णय गरेर चाँडै विषय तय गर्ने छौँ।’

मन्त्री शर्माले भारत भ्रमणका एजेन्डा र टोलीबारे सोमबार बस्ने मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने पनि बताएकी छन्।

सम्झौता हुने विषयमा त्यही क्षेत्रका मन्त्री र सचिवहरु भारत जाने पनि उनले बताएकी छन्। ‘सम्झौता हुने विषय र क्षेत्रमा त्यही क्षेत्रका मन्त्री वा सचिव जान सक्नुहुन्छ’, उनले भनिन्, ‘सकेसम्म सानो र छरितो टोली जानेछ। प्रतिनिधिमण्डल ठूलो नबनाउने कुरा भएको छ। जानैपर्ने मात्रै भारत जानुहुन्छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्