ललित निवास प्रकरण व्यूँतियो, भाटभटेनीका मालिक फेरि पक्राउ – Janadesh Daily | ePaper

ललित निवास प्रकरण व्यूँतियो, भाटभटेनीका मालिक फेरि पक्राउ


बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मालिक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुङलाई पक्राउ गरेको हो। सीआईबी स्रोतले भन्यो, ‘गुरुङलाई हामीले नियन्त्रणमा लिएका छौं। थप अनुसन्धानको काम हुँदैछ।’

ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जुन अहिले विशेष अदालतमा विचाराधीन रहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले सोही प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। दोस्रो चरणको अनुसन्धानका क्रममा सरकारी कागजात कीर्ते लगायत कसुरमा गुरुङको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।

यसअघि दायर भएको मुद्दामा समेत प्रतिवादी रहेका गुरुङ विशेष अदालतको आदेशअनुसार २ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको भन्दै उनीहरुलाई अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्