मेयर बालेन्द्र शाहको नेतृत्वमा काठमाडौं महानगरपालिका शैक्षिक सुधारको मोडेल बन्दै – Janadesh Daily | ePaper

मेयर बालेन्द्र शाहको नेतृत्वमा काठमाडौं महानगरपालिका शैक्षिक सुधारको मोडेल बन्दै


जनादेश, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका निर्वाचित मेयर बालेन्द्र शाहले काठमाडौंमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन ।मेयर शाहले सुधारको खाँचो बुझेर शिक्षाविद्लाई सल्लाहकारको रुपमा नियुक्त गरी आवश्यक कदम चालेका थिए । यस महत्वपूर्ण भूमिकाका लागि टिच फर नेपाल संस्थाका अध्यक्ष तथा सम्मानित शिक्षाविद् रेशु अर्याललाई छनोट गरिएका छन ।

गतवर्ष भदौमा बसेको कार्यकारिणी बैठकले अर्याललाई शिक्षा सल्लाहकारमा नियुक्त गरेको हो । उनले विभिन्न विषयहरूमा महत्वपूर्ण सुझाव र सल्लाह दिएका छन साथै उनको सक्रियतामा महानगर भित्र शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले धेरै प्रयासहरू सुरु गरिएको थियो।

मेयर सचिवालयका एक अधिकारीले शिक्षा परामर्शदाताले दिएको सुझावका आधारमा शिक्षा क्षेत्रमा उल्लेख्य सुधार भएको स्वीकार गरेका छन । मेयर शाहले यी सुधारका पहलहरूलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता देखाएका छन्, जसको फलस्वरूप शिक्षा क्षेत्रमा सकारात्मक नतिजा आउन थालेको छ ।

शिक्षामा भएको प्रगतिको श्रेय मेयर शाहलाई मात्र नभई उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा विभाग, वडा अध्यक्षहरू र सिङ्गो महानगरको एकीकृत प्रयासबाट भएको हो ।

शिक्षा विभागका शिक्षा अधिकृत सीताराम कोइरालाले शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा पुरै महानगर लागिरहेको बताए । उनले मेयर शाहले हरेक शुक्रबार दुई घण्टा कर्मचारीसँग शिक्षा सुधारका विषयमा छलफल गर्ने गरेको बताएका छन ।

महानगरले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा महानगर र संघीय सरकारको कानुनबमोजिम सुधार कार्यान्वयन भएको छन ।

महानगरले शिक्षा क्षेत्रमा नयाँ शैक्षिक सत्रदेखि प्राप्त मात्रामा बजेट वृद्धि गरेको छ । महानगरको नियम कानुन र संघीय सरकारको नियम कानुनको अधीनमा रहेर शिक्षा क्षेत्रमा विभिन्न सुधारका काम अघि बढाएको छ ।

-जीवन चलाउन क्षमताका लागि शिक्षामा सीप कार्यक्रम

-बुक फ्रि फ्राइडे अन्तर्गत अतिरिक्त क्रियाकलापमा जोड

-निजी विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिमा कडाइ

-१३ हजारभन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

-विद्यार्थी संगठनले लगाएको तालाबन्दी खोलियो नगर प्रहरीबाट

-विद्यालय बन्द गर्नेमाथि कारबाही गर्ने चेतावनी

-कक्षा ११ मा आफू खुसी लिने शुल्कमा नियन्त्रण

-निजी विद्यालयका शिक्षक कर्मचारीको तलबमा कडाइ

कक्षा ९–१२ मा जीवन चलाउन क्षमताका लागि शिक्षामा सीप कार्यक्रम सञ्चालन गरिएको छ ।

हरेक शुक्रबार ‘बुक फ्रि फ्राइडे’ लागू गरिएको छ । त्यो दिन विद्यार्थीहरूले कापी किताब र झोलाबिनै विद्यालय जान्छन् । र, अतिरिक्त क्रियाकलापमा जोड दिन्छन् ।

त्यस्तै, महानगरले निजी विद्यालयमाथि कडाइ गरेको छ । निजी विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति अनिवार्य गराइएको छ । छात्रवृत्ति नदिने र त्यसको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई जरिवानासमेत गराइएको छ ।

छात्रवृत्तिमा गरिएको कडाइपछि १३ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौँ महानगरका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरको इतिहासमा पहिलो पटक छात्रवृत्तिको विवरण पेश गरिएको हो ।

छात्रवृत्ति विवरण पेश नगर्ने ३९ विद्यालयलाई १ लाख रुपैयाँका दरले जरिवाना गराउँदै पुनः विवरण पेश गर्न समय दिइएको छ ।

विद्यालय शान्ति क्षेत्र हो, बन्द हड्ताल गर्न पाइँदैन । त्यसैले,संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले विभिन्न माग राखी लगाएको ताला नगर प्रहरी लगाएर महानगरले तोडेको थियो ।

k1

महानगरले कक्षा ११ मा आफू खुसी शुल्क लिने गरेको भन्दै त्यसमा समेत नियमन गर्न लागेको छ ।

कक्षा ११/१२ सञ्चालन गर्दै आएका सबै संस्थागत विद्यालयहरूलाई शुल्क प्रस्ताव गर्न भनेको छ । असार मसान्तभित्र के के शीर्षकमा, के कति शुल्क लिने हो ? विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव गर्न भनेको हो ।

महानगरले भर्खरै निजी विद्यालयका शिक्षकहरूको तलबका विषयमा समेत चासो देखाएको छ । सामुदायिक विद्यालयका शिक्षकको तुलनामा निजीका शिक्षकले निकै कम तलब पाइरहेको गुनासो आएको भन्दै सोही आधारमा भए/नभएको जानकारी गराउन भनेको हो ।

काठमाडौँ महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । डिजिटल एन्ड वियोन्डको सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ सिकाउन थालिएको शिक्षा विभागका शिक्षा अधिकारी कोइरालाले बताए । रातोपाटीबाट

12

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्