बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न – Janadesh Daily | ePaper

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न


जनादेश, बैतडी । बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो ।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ ।

उहाँले भन्नुभयो, “वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ । यो महिनाको अन्तिमसम्म सबै सकन्छि ।”

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान वीरसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै रोपाइँमा व्यस्त छौँ । वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, हाल रोपाइँको चटारो परेको छ ।”

पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्