बरु सरकार छोडिन्छ, राम्रो काम गर्न छोडिन्न: प्रधानमन्त्री प्रचण्ड – Janadesh Daily | ePaper

बरु सरकार छोडिन्छ, राम्रो काम गर्न छोडिन्न: प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने बताएका छन्। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न।’

उनले धेरैथोर प्रदूषित सबै भएको बताए। ‘हामीले सफाइ अभियान चलाउन जरूरी छ, चलाएका पनि छौं,’ उनले भने।

साथै प्रचण्डले संगठन सुदृढीकरणका लागि तीन महिने अभियान सञ्चालन गरिने बताएका छन्। उनले केन्द्रीय कमिटीमा २४ महिला थप गर्ने प्रस्ताव गरेका छन्। प्रचण्डले पेस गरेको सांगठनिक प्रतिवेदनमा उक्त प्रस्ताव उल्लेख छ।

माओवादी केन्द्रमा हाल ३८५ केन्द्रीय सदस्य छन्। केन्द्रीय कमिटीमा २४ जना महिला थप गरी त्यसको आकार ४०९ सदस्यीय पुर्‍याउन प्रचण्डले प्रस्ताव गरेका हुन्।

यसअघि ०७८ पुसमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्‍याउने निर्णय गरेको थियो। तर हालसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन। निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यता छ।

त्यसका लागि २४ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा गरेका हुन्। उनको प्रस्ताव कार्यान्वयन हुन केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्