माओवादी केन्द्रीय समिति बैठकः नेताहरूको सम्बोधन सुरु – Janadesh Daily | ePaper

माओवादी केन्द्रीय समिति बैठकः नेताहरूको सम्बोधन सुरु


नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । कामलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि नाम टिपाएका सदस्यले प्रतिवेदन र समसामयिक विषयमा धारणाा राख्नेछन् ।

बैठकमा हिजो १८ जनाले बोलेका थिए । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेटको समय दिइएको छ ।

बुधबार भएको उद्घाटनपछि अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरू बोलेका थिए।

बुधबार बोल्नेहरुले पार्टी शुद्धीकरण तथा सुदृढीकरण, युवा नेतृत्वको विकास वामपन्थी एकतासहितबारे बोलेका थिए। बुधबारको बैठकमा अध्यक्ष प्रचण्ड परिवारकेन्द्रित भएको, नेताहरुमा भ्रष्ट प्रवृत्ति देखिएकोसहितका विषय उठाएका थिए।

बिहीबारको बैठकमा १५० जना सदस्यले बोल्न नाम टिपाएका छन्। सबै सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्धय गराइएको छ।

बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्