संसद अधिवेशन अन्त्य गर्ने मन्‍त्रिपरिषद्को निर्णय  – Janadesh Daily | ePaper

संसद अधिवेशन अन्त्य गर्ने मन्‍त्रिपरिषद्को निर्णय 


P.M. KP Sharma oli

आषाढ १८, काठमाण्डौ । बिहीबार मध्यान्ह बसेको मन्‍त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोछ । निर्णयसहित अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्कँदै गएको आन्तरिक कलहबीच सरकारको यो निर्णयले पार्टीभित्रको विवादलाई थप जटिल बनाएको छ। प्रधानमन्‍त्री  ओलीले संसद अधिवेशन अन्त्य गरेर आफू अनुकुलको कदम चाल्‍न खोजेको आशंका गरिएको छ। परिस्थिति थप गम्भीर हुने अनुमान गरिएको छ।

ओलीको यो कदमपछि थप रणनीतिका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम आकस्मिक परामर्शमा जुटेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्