३३ प्रतिशत पुर्‍याउन माओवादीको केन्द्रीय समितिमा थपिए २४ महिला सदस्य – Janadesh Daily | ePaper

३३ प्रतिशत पुर्‍याउन माओवादीको केन्द्रीय समितिमा थपिए २४ महिला सदस्य


पार्टी केन्द्रीय समितिमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्याउन सत्तारुढ दल नेकपा माओवादी केन्द्रले २४ जना केन्द्रीय सदस्य थप गरेको छ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिमा २४ जना महिला थपिएको हो। थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने भएकाले केही केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव गरेका थिए। २४ जना केन्द्रीय सदस्य थप भएपछि माओवादी केन्द्रीय समिति ४०९ सदस्यीय भएको छ। यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना थिए।

यी हुन् थपिएका महिला सदस्य (२४ मध्ये २ जनाको नाम प्राप्त हुन बाँकी):

१) आङदावा शेर्पा

२) इन्दिरा अधिकारी

३) उमा कपाली

४) उर्मिला वि.क.

५) गंगा खड्का

६) गिता कुमारी कंडेल चौलागाई

७) गिता शाही

८) छम कुमारी खनाल

९) निशा न्यौपाने

१०) पार्वती थापा

११) दिलमाया बुढा मगर

१२) निरमाया श्रीस

१३) लाल कुमारी पुन

१४) लिला शर्मा

१५) सपना परियार

१६) सीता दाहाल

१७) सुशिला घिमिरे

१८) सुशिला पौडेल

१९) सूर्य कुमारी विक

२०) शरु चौधरी

२१) भगवती तिवारी

२२) मोतिकला चलाउने

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्