माओवादी बैठकको समापनः प्रचण्डको सन्देश- पार्टी एकढिक्का भो ! – Janadesh Daily | ePaper

माओवादी बैठकको समापनः प्रचण्डको सन्देश- पार्टी एकढिक्का भो !


नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ । पाँच दिनसम्म काठमाडौंमा चलेको बैठकले तीनमहिने अभियान चलाउनेलगायत निर्णय गरेको छ ।

बैठकको अन्तिम दिन केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको टिप्पणी गरेका छन् । उनले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउने कोसिस भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपरेको स्मरण गराउँदै आजै पनि आफूहरूलाई जेल हाल्ने कुरा भइरहेको बताए ।

उनले लिडरसिपलाई जेल हाल्ने षड्यन्त्रहरू भइरहेकाले त्यसलाई पनि परास्त गर्नुपर्ने अवस्था रहेको बताए । उनले बैठकले पार्टीलाई एकढिक्का बनाएको समेत बताए । उनले वादविवाद र संवादबाट पार्टी एकढिक्का भएको बताए ।
नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ । पाँच दिनसम्म काठमाडौंमा चलेको बैठकले तीनमहिने अभियान चलाउनेलगायत निर्णय गरेको छ ।

बैठकको अन्तिम दिन केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको टिप्पणी गरेका छन् । उनले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउने कोसिस भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपरेको स्मरण गराउँदै आजै पनि आफूहरूलाई जेल हाल्ने कुरा भइरहेको बताए ।

उनले लिडरसिपलाई जेल हाल्ने षड्यन्त्रहरू भइरहेकाले त्यसलाई पनि परास्त गर्नुपर्ने अवस्था रहेको बताए । उनले बैठकले पार्टीलाई एकढिक्का बनाएको समेत बताए । उनले वादविवाद र संवादबाट पार्टी एकढिक्का भएको बताए । बैठकको सुरुवाती दिनमा केन्द्रीय सदस्यहरूले अध्यक्ष प्रचण्डको तीव्र आलोचना गरे पनि बैठक सकिने दिनसम्म आइपुग्दा प्रचण्डको प्रशंसा भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्