गाउँ फर्किन खोजेको माओवादीः ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ (पूर्णपाठसहित)) – Janadesh Daily | ePaper

गाउँ फर्किन खोजेको माओवादीः ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ (पूर्णपाठसहित))


जनादेश वाच।

प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लिएर गाउँ जाने भएको छ । उसले तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

गत साउन (१७–२१) गतेसम्म राजधानीमा बसेको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको थियो ।

बैठकको निर्णय समेटेर माओवादीले २५ लाख जनता र मतदातामा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ ।

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम माओवादीले बनाएको छ ।

माओवादीले अभियानको नारा ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ तय गरेको छ ।

मातहतका कमिटीमा सोमबार पठाइएको सर्कुलरमा पार्टी सदस्यता ८ लाख पुर्‍याउने र जनवर्गीय संगठन र मोर्चा सबै कमिटीको बैठक सम्पन्न गर्ने उल्लेख छ । तीन महिने अभियानमा कम्तीमा २५ लाख जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्