माओवादीले टुङ्ग्यायो कर्णालीमा कार्यविभाजन, कसलाई के ? – Janadesh Daily | ePaper

माओवादीले टुङ्ग्यायो कर्णालीमा कार्यविभाजन, कसलाई के ?


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजनलाई अन्तिम रुप दिएको छ ।

साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो ।

१० वटा जिल्लामध्येमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, जुम्लाको छिमी लामा, मुगुको गोमा गौतम कुँवर, कालिकोटको टेकबहादुर बस्नेत,दैलेखमा गोपाल शर्मा, सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इञ्चार्ज रहेका छन् ।

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, रुकुममा गगन खड्का,सल्यानमा नरेश भण्डारी, र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।मओवादी केन्द्रको साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

कर्णालीमा माओवादीले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरि जिम्मेवारीसमेत तोकेको छ ।

सूची

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्