चिकित्सकको लाइसेन्स परीक्षा बिकेन्द्रीकृत ढंगबाट लिने योजनामा काउन्सिल – Janadesh Daily | ePaper

चिकित्सकको लाइसेन्स परीक्षा बिकेन्द्रीकृत ढंगबाट लिने योजनामा काउन्सिल


जनादेश काठमाण्डौ।

नेपाल मेडिकल काउन्सिलले आगामी ७ भदौका लागि तय गरेको चिकित्सक लाइसेन्स परीक्षा विकेन्द्रीकृत गर्ने योजना अघि सारेको छ ।

काउन्सिलले आज सूचना जारी गर्दै परीक्षार्थीहरुलाई आफ्नो विवरण ३ भदौ भित्र पठाउन अनुरोध गरेको छ । काउन्सिलले उपलव्ध गराएको गुगल फारममा नाम, इमेल, हाल बसोबास गरिरहेको जिल्ला, ७ गते देखि हुने परीक्षा दिन पायक पर्ने जिल्ला, नागरिकता जारी भएको जिल्ला, रोल नं र सम्पर्क मोवाइल नम्बर भर्न भनिएको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षाकेन्द्र ‘डिसेन्ट्रलाइज्ड’ गर्ने योजना अनुरुप फारम भर्न पठाइएको बताए । ‘कोरोना संक्रमण बढेपछि पनि परीक्षा लिनुपर्ने नै अवस्था छ तर सबैलाई काठमाडौँ आउन सम्भव छैन् ।

मोफसलमा पनि परीक्षाकेन्द्र चलाउने गरी यो योजना अघि सारिएको हो,’ उनले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्