चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री – Janadesh Daily | ePaper

चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री


चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताउनुभएको छ ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उहाँले ‘बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताउनुभयो ।”

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

“अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा हङ्गेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ”, वाङले भन्नुभयो, “चीन हङ्गेरीसँग पारस्परिक विश्वास र मित्रता बढाउन र चीन–हङ्गेरी सम्बन्धको विकासका लागि नयाँ रणनीतिक योजनाहरू बनाउन र नयाँ र बलियो गति प्रदान गर्न यस अवसरको उपयोग गर्न तयार छ ।”

उक्त अवसरमा, चीन हङ्गेरी–सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्त रूपमा चीन–हङ्गेरी व्यावहारिक सहयोगको सफल नमूना निर्माण गर्न हङ्गेरीसँग काम गर्न तयार रहेको वाङले बताउनुभयो ।

चिनियाँ विद्युतीय सवारी साधनहरूमा ईयूको अनुदान विरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लङ्घन गर्दछ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति श्रृङ्खलालाई बाधा पु¥याउनेछ ।

सिजार्तोले हङ्गेरी र चीनबीचको बेल्ट एण्ड रोड सहकार्यले महत्वपूर्ण परिणाम हासिल गरेको र यसबाट हङ्गेरीलाई धेरै फाइदा भएको बताउनुभयो ।

“हङ्गेरीले अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा सक्रिय रूपमा भाग लिने, दुई पक्षबीच बेल्ट एण्ड रोड सहयोगलाई अझ प्रगाढ बनाउने र हङ्गेरी–सर्बिया रेलमार्ग निर्माणमा ठोस प्रगति गर्नेछ, जसले ताकि द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिनेछ,” सिजार्तोले भन्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्